गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १० जेठ, इजरायल ।
  • शुक्रबार बिहान नै गाजामा इजरायलले आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको छ।
  • गाजामा एकातर्फ इजरायली आक्रमण जारी छ।

 

१० जेठ, इजरायल ।

शुक्रबार बिहान नै गाजामा इजरायलले आक्रमण गर्दा कम्तीमा ७६ जनाको ज्यान गएको छ। गाजामा एकातर्फ इजरायली आक्रमण जारी छ। अर्कोतर्फ राहतको अभाव पनि त्यत्तिकै छ। जबालियमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा ५० जना मारिएको तथा हराइ रहेको बताइएको छ। त्यहाँका बासिन्दा इजरायली सेनाले रमाइलो मानेर आक्रमण गर्ने गरेको बताउँछन्। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेस युद्धमा क्रुर हुने सीमाको पनि अन्तिम अवस्थामा पुगेको बताउँछन्।

मध्यपूर्वको अशान्ति यत्तिमा मात्र सीमित छैन। यमनको हुथी समुदायले धम्की दिएका कारण जुलाइको अन्त्यसम्मका लागि ब्रिटिस एयरवेजले इजरायलमा उडान बन्द गरेको छ। एकपछि अर्को व्यक्ति मर्ने क्रम जारी छ। भोकमरीको कारण ज्यान गुमाउनेमा धेरै बालबालिका छन्। आवश्यक भन्दा एकदमै थोरै मात्रामा खाद्यान्न पुगेका कारण लाइन लागेर बसेका छन् भने कोही थप राहत आउने आसमा बसेका छन्। लगातारको आक्रमण, खाद्यान्न अभाव र औषधी उपचारको समेत अभाव भएपछि उत्तरी गाजा भित्रन थालेका छन्। उत्तरी गाजाका धेरै गाउँहरू अहिले रित्तिन थालेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?