बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ ८, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •    ८ जेठ, बागमती ।
  • बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ ।
  • बैठक बिहान ११ः०० बजे हुनेछ ।

 

 ८ जेठ, बागमती ।

बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजे हुनेछ । बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रवद्र्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आव २०८२÷८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल जारी छ ।

दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा रु ३३ करोड ४४ लाख छ हजार राजस्व सङ्कलन गरेको छ । दश महिनामा सम्पत्ति करबाट रु छ करोड ८५ लाख ६८ हजार ९७१, घरबहाल करबापत रु चार करोड ६३ लाख ३५ हजार ८४, नक्सापास दस्तुर रु पाँच करोड ७५ लाख ५८ हजार ५१०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु तीन करोड ५६ लाख २५ हजार सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै
समानुपातिक बन्दसूचीमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई धम्की दिएपछि ग्रामथानमा फेरि विवाद
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
दुर्गा प्रसाईलाई प्रहरीले कतिबेला ल्याउँदैछ काठमाडौं ?
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना