नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ७, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ७ जेठ, काठमाडौं ।
  •     नागढुंगा–नौबिसे सडकखण्ड निर्माण कार्यका लागि जेठ १० देखि २५ गतेसम्म बन्द गरिने भएको छ।
  • बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो ।

 

७ जेठ, काठमाडौं ।   

नागढुंगा–नौबिसे सडकखण्ड निर्माण कार्यका लागि जेठ १० देखि २५ गतेसम्म बन्द गरिने भएको छ। बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौं र धादिङ प्रशासनको समन्वयमा यो निर्णय भएको हो। यसअघि राति बन्द गरेर निर्माण हुँदै आएको थियो ।

आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने जनाएपछि प्रशासनले अनुमति दिएको हो। प्राविधिक कारणले दिउँसो निर्माण गर्नुपर्ने भएकाले अनुमति दिइएको प्रजिअ तिवारीले जानकारी दिएका छन् । सूचनाअनुसार काठमाडौंबाट जाने सवारी नागढुंगा र नौबिसेतर्फबाट आउने सवारी खानीखोलामा रोकिनेछ। बन्दको समयमा वैकल्पिक मार्गका रुपमा धार्के–सितापाइला र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठककानिर्णयहरु
केराउ, सुपारी र मरिच आयात गर्न अनुमति
ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही दिन लाग्ने
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा