हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका शिक्षककाे मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ जेठ, धनगढी ।
  • हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका कैलालीका एक शिक्षकको मृत्यु भएको छ।
  • राष्ट्रिय माध्यमिक विद्यालय सुखडका ५२ वर्षीय प्राधानाध्यापक कर्णबहादुर भण्डारी घोडाघोडी नगरपालिका–१  सुन्दर टोलमा  आइतबार बिहान चलेको हावाहुरीपछि ढलेको रुखले लागेर घाइते भएका थिए।

 

२ जेठ, धनगढी ।

हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका कैलालीका एक शिक्षकको मृत्यु भएको छ। राष्ट्रिय माध्यमिक विद्यालय सुखडका ५२ वर्षीय प्राधानाध्यापक कर्णबहादुर भण्डारी घोडाघोडी नगरपालिका–१  सुन्दर टोलमा  आइतबार बिहान चलेको हावाहुरीपछि ढलेको रुखले लागेर घाइते भएका थिए।

भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढीकाे माया मेट्रो अस्पताल ल्याइएकोमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?