दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २६ वैशाख, काठमाडौं ।
  • स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।
  •   शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।

२६ वैशाख, काठमाडौं ।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।

उनले भने,‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो ।  तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन । त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन । मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ ।

यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो ? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन् । हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौ । गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन् ।’

यस्तै उनले खेतिपातिको सिजनमा मल र बिउको अभाव रहेको भन्दै मलको तस्करी भईरहेको बताए । उनले किसानले दुधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्रनै दोषि रहेको भन्दै विचौलियाको मात्र सरकार रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की
होटलमा मुख्यमन्त्री शपथ प्रकरणबारे कांग्रेस नेता पौडेलको टिप्पणी : संघीयतामाथि प्रहार
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त
भन्सार छलेर ल्याएको २१ करोडको सामान बरामद
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
रिसिबीका कारण बालकको हत्या
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस