पाकिस्तानसँग अब कुनै पनि खेल खेल्न नहुने , गाैतम गम्भीर

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, भारत ।
  •   भारतीय राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानको आतकंवादी हमलापश्चात भारतीय टिमले पाकिस्तानसँग खेल्न नहुने प्रतिक्रिया दिएका हुन्।
  •   दिल्लीस्थित मंगलबार एक कार्यक्रममा बोल्दै उनले  पाकिस्तानसँग न्युट्रल भेन्युमा पनि खेल्न नहुने प्रतिक्रिया दिए।

 

२४ वैशाख, भारत । 

भारतीय राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरले पाकिस्तानको आतकंवादी हमलापश्चात भारतीय टिमले पाकिस्तानसँग खेल्न नहुने प्रतिक्रिया दिएका हुन्।  दिल्लीस्थित मंगलबार एक कार्यक्रममा बोल्दै उनले  पाकिस्तानसँग न्युट्रल भेन्युमा पनि खेल्न नहुने प्रतिक्रिया दिए। जबसम्म आतंककारी हमला रोकिँदैन तबसम्म भारत र पाकिस्तानबिच केही पनि कार्यक्रम गर्न नहुने उनले बताए।

‘आतंकवादी हमलाको काम बन्द नहुँदासम्म भारत र पाकिस्तानबिच खेलसहित कुनैपनि दिपक्षीय काम गर्न हुँदैन।’ अप्रिल २२ मा काश्मिरमा भारतमा २६ जनाको हत्यापश्चात भारत र पाकिस्तानको द्वन्द्व पिकमा पुगेको हो। मंगलबार राती पुनः भारतले पनि पाकिस्तान पक्षको काश्मीर क्षेत्रमा हमला गरेपश्चात यो द्वन्द्व अझ भड्किने देखिन्छ।  भारतले २०१३ यता पाकिस्तानसँग कुनैपनि खालको द्विपक्षीय खेल खेलेको छैन। भारत र पाकिस्तानले एसिया कप र आइसीसीको प्रतियोगिताहरूमा मात्रै एकअर्काको सामना गर्ने गरेका छन्।

हालसम्म भारत र पाकिस्तानबिचको खेल न्युट्रल भेन्युमा मात्रै हुने गरेको छ। यी दुवै टोलीले महिला र पुरुष दुवैतर्फको एसिया कपमा खेल्ने तालिका रहेको थियो। त्यस्तै पुरुष टिमले २०२६ को टी–२० विश्वकपमा आमनेसामने हुने तालिका रहेको छ।  ‘यसो त यो सरकारले गर्ने निर्णय हो। हामीले उनीहरुसँग खेल्ने कि नखेल्ने भन्ने। कुनै पनि खेल वा बलिउड अथवा कुनैपनि काम भारतीय सेना र नागरिकभन्दा माथि हुँदैन,’ प्रमुख प्रशिक्षक गम्भीरले भने। ‘भारतीय क्रिकेट बोर्ड र सरकारको निर्णय हुनेछ। म कोही पनि होइन। निर्णय जे भए पनि हामी त्यसको लागि तयार छौं,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
माइतीघरको जेनजी प्रदर्शनमा युवाहरूको भिड बढ्दै
दुबईमा ४५ नेपाली युवा अलपत्र
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
चोभार–गल्छी क्षेत्रको निरीक्षणमा पुगे कुलमान