सरकारले गुणात्मक परिवर्तनको मौका गुमायो : डा. भट्टराई

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १९ वैशाख, काठमाडौं ।
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले सरकारले नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको मौका गुमाएको बताएका छन् ।

 

१९ वैशाख, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले नीति तथा कार्यक्रममा गुणात्मक परिवर्तनको मौका गुमाएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै डा. भट्टराईले यस वर्ष पनि निरन्तरतामै आएको बताए । गुणात्मक महत्वको परिवर्तनका कुराहरू आउँछन् कि भन्ने मेरो अपेक्षा थियो । तर, मैले त्यस्तो पाइनँ,’ संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तरतामै यो आयो । अहिलेको निम्ति त्यति पर्याप्त छैन । फेरि बजेटमा कस्तो व्यवस्था भएर आउँछ भन्ने हेर्न बाँकी छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जेनजी र स्टार्ट अपको विषय आए पनि बजेटमा त्यसलाई कसरी सम्बोधन गरिनेछ भनेर हेर्न बाँकी रहेको बताए । उनले नेपाल अहिले पनि कृषिप्रधान अर्थतन्त्र भएकाले वैज्ञानिक भूमिसुधार गर्ने नीतिगत व्यवस्था गरेर आशा जगाउन पनि सरकार चुकेको बताए । ‘नेपाल अहिले पनि कृषिप्रधान अर्थतन्त्र हो । वैज्ञानिक भूमिसुधार हाम्रो संविधानमै उल्लेख छ । त्यसैले दशवटा कुरा गर्नुभन्दा वैज्ञानिक भूमिसुधार गर्नेछौं भनेको भए त्यसले आशा जगाउँथ्यो,’ उनले भने । भट्टराईले दुई अंकको आर्थिक वृद्धिदर हासिल हुने गरी नीति बनाउने अवसर पनि गुमेको बताए । ‘आर्थिक विकासको पनि क्रमिक विकास मात्र भएको छ । अहिलेसम्म दुई अंकको आर्थिक वृद्धिदर हासिल हुन सकेको छैन । त्यसैले दुई अंकको आर्थिक वृद्धिदर हुने गरी नीति बनाउँछौँ भनेको भए अर्थतन्त्रको रुपान्तरणको अर्थ लाग्थ्यो,’ उनले थपे, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने बलियो अंग बनाउँछौं र यसलाई सुधार गर्छौं भन्न सकिन्थ्यो । त्यो पनि चुकेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृ*त्यु
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठक प्रहरी परिसरमा, गृहमन्त्रीको प्रशंसा
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
विशेष महाधिवेशन गर्दा नयाँ पुस्ता प्रतिनिधि बन्न पाउँदैनन् : मोहन बस्नेत
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल