सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, सुनसरी ।
  •  सुनसरी बर्जु गाउँपालिका- ३ नहर चोकबाट प्रहरीले अवैध लागूऔषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।
  • सोमबार राति  इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र.

 

१६ वैशाख, सुनसरी ।

 सुनसरी बर्जु गाउँपालिका- ३ नहर चोकबाट प्रहरीले अवैध लागूऔषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति  इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र.१-०२-००२ च. ५१२६ नम्बरको पिकअप गाडीमा गाजा फेला परेपछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।

पिकअप गाडीको डालामा ६ वटा बोरामा लुकाई ल्याएको एकसय ९९.३ केजी गाजा बरामद गरिएको खतिवडाले बताए। गाजा कारोबारमा संलग्न पिकअप चालक धनकुटा नगरपालिका वडा नं.-९ का ३३ वर्षीय उद्धव भण्डारी र सहचालक ३० वर्षीय कबिराज राईलाई नियन्त्रणमा लिइएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भईरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौता लागि छलफल
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई
नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
बयानका लागि रविलाई अदालत लगिँदै
एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन