कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   १३ वैशाख, काठमाडौं ।
  • हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ ।

 

१३ वैशाख, काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
प्रमुख ३ दलका शीर्ष नेताको बैठक बस्दै
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
लागु औषधसहित एकजना पक्राउ