बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने: प्रजिअ घिमिरे

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ १०, २०८०
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • अमरेश कुमार पाण्डे , १० माघ, कलैया ।
  • बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताएका छन्।
  • नेपालको सँघिय गृह मन्त्रालयको परिपत्रबाट जिल्ला प्रशासन कार्यालय बारामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले मँगलबार जिल्लामा सँक्रिय रहेका पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका छन्।


अमरेश कुमार पाण्डे ,

१० माघ, कलैया । बिकास निर्माण कार्यमा प्रतिबद्ध रहेको र अन्य कार्यमा स्थानीय तहसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताएका छन्।

नेपालको सँघिय गृह मन्त्रालयको परिपत्रबाट जिल्ला प्रशासन कार्यालय बारामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले मँगलबार जिल्लामा सँक्रिय रहेका पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका छन्। उक्त कार्यक्रममा आफु यस जिल्लामा नयाँ आएको र प्रमुख जिल्ला अधिकारीको रुपमा आज दोस्रो दिन मात्र भएकोले पत्रकारहरु भेटघाट कार्यक्रम राखिएको बताउदै यस जिल्लामा आफुले एकलै केहि गर्न नसकिने बताएका छन्। बारा जिल्ला नेपालको अर्थतन्त्रमा राजश्व दिने तेस्रो जिल्ला भएकोले यहाँको स्थानीय , सम्पुर्ण राजनिति दलका नेता तथा पत्रकारहरुको साथ सहयोग रहेमा उपलब्धीमुलक कामहरु हुने समेत बताएका छन्।पत्रकारहरु उठाएको क्रसर उधोगबाट हुने चुरेदहन , तस्करी सम्बन्धि , भँसार कार्यालय, चोरी , सम्बन्धि जिज्ञाशामा स्थानिय तहसँग , भँसार कार्यालय र प्रहरी सँग समन्वय गरी कार्य गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।

भने पत्रकारहरुलाई कुनै कतैबाट असुरक्षित महसुस भए आफुलाई वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन्। प्रमुख जिल्ला अधिकारी घिमिरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहायह प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्य , बारा जिल्ला अनुसन्धान प्रमुख अभिनय सिँह , नेपाल प्रहरीको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने , नेपाल पत्रकार महासंघ बारा शाखाको उपाअध्यक्ष रामबाबु मेहता , सचिव अनिल गौरव, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, रेडियो नेपालको बारा सम्बाददाता सिकेन्द्र पासवान , कान्तिपुर टेलिभिजनको बारा सम्बाददाता रमेश ठाकुर , साझेदारी दैनिकका सँदिप यादव , शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशक अनिल पाण्डेय लगायत, press 4k ,को पत्रकार अमरेश कुमार पाण्डेय पत्रकारहरु उपस्थित रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?