टहरा भत्काएर सडक विस्तार

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख ११, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ११ वैशाख, म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् ।
  • दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्नो घरआँगनका संरचना भत्काएको मालिका गाउँपालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
  • यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए ।

 

११ वैशाख, म्याग्दी–

म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्नो घरआँगनका संरचना भत्काएको मालिका गाउँपालिका– ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ । मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
वुमन्स डे कपमा नेपाल आज युगान्डासँग खेल्दै
गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्