राप्रपाले भोलि बिजुलीबजारमा प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने तयारी

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख ६, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   ६ वैशाख, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ ।
  • सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ ।

 

६ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (आइतबार) काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्दैछ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलिको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुनेछन् । दिउँसो १२ बजेबाट सुरु हुने बताइएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारीसहितको निर्णय गरेको एक नेताले बताएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तीनकुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्टै, १६ चैतबाट राप्रपाले देशभर आन्दोलनका कार्यक्रम गरिरहेको छ । २६ चैतमा राप्रपाले बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो । यसपछि केही दिन मौन रहेको राप्रपाले दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको हो । दोस्रो चरणको आन्दोलनमा पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा
कालीकोट केन्द्रबिन्दु भएर भूकम्प
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
शिक्षामन्त्री भट्टराईकाे राष्ट्रिय किताबखानामा छड्के अनुगमन