जनकपुरमा पार्किङमा राखिएको बस चोरी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २४, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २४ पुस, जनपुरधाम।
  • जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।
  • ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

२४ पुस, जनपुरधाम। जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ ।

ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो । सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ । डिएसपी अवालेका अनुसार अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास भइरहेको छ । आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?