आईपीएल : धोनीको कप्तानीमा सिजनको पहिलो खेल खेल्दै चेन्‍नई

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ईण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
  • खेल नेपाली समयअनुसार राति ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।
  •   आजको खेलबाट महेन्द्रसिंह धोनी चेन्नईको कप्तानमा पुनः फर्कनेछन् ।

 

ईण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।  आजको खेलबाट महेन्द्रसिंह धोनी चेन्नईको कप्तानमा पुनः फर्कनेछन् । सिजनको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले सो पछिका चार खेलमा लगातार हार भोगेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको नवौं स्थानमा रहेपछि चेन्नईले धोनीलाई कप्तानको जिम्मेवारी सुम्पिएको हो ।  सिजनमा यसअघिका पाँचै खेलमा रितुराज गाइक्वाडले चेन्नईको कप्तानी गरेका थिए ।  अजन्क्या रहाणेको कमानीमा रहेको कोलकाता ४ अंकमा छैठौं स्थानमा छ ।  आजको खेलमा जित निकाल्न सके चेन्नईले कम्तीमा दुई स्थान सुधार गर्नेछ । जितले कोलकातालाई भने शीर्ष चारमा प्रवेश गराउनेछ ।  धोनीको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाता डिफेन्डिङ च्याम्पियन हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
चिनियाँ राजदूतसँग कुलमानले मागे उत्तरका सडक मर्मतमा चिनियाँ प्रविधिको सहयोग
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुर्खेत २ मा रास्वपाले लियो अग्रता
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?