भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २८ चैत, हेटौंडा ।
  • मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
  • हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

२८ चैत, हेटौंडा ।

मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् । ढुंगाना अस्पतालबाट डिस्चार्ज भएपछि हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए ।

बिहान अबेरसम्म नउठेपछि झयालबाट हेर्दा ढुंगाना झुन्डिएको अवस्थामा देखिएपछि हटवालले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार ढुंगाना खादा र टाइको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका थिए । पाइन्टमा लगाउने पेटी भने चुँडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । पेटीलाई पासो बनाउन खोज्दा चुँडिएको हुन सक्ने अनुमान प्रहरीको छ । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले अगुवा कृषकहरूलाई पूर्वीनेपालको भ्रमण सकेर फर्किँदै गर्दा बाप्र ०६–००१ ख ०२७० नम्बरको बस पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी स्थित मदन भण्डारी मार्ग (धरान–चतरा सडक खण्ड) को मोडमा दुर्घटनामा परेको थियो । पशु विकास शाखाका प्राविधिक कर्मचारी समेत रहेका ढुंगाना दुर्घटनामा परेर सामान्य घाइते भएका थिए ।

बसमा सवार अन्य ३० जना घाइते छन् । घाइते हुनेमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र कृषकहरू छन् । उनीहरूको हेटौंडा र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी अर्यालले बताए । घाइतेमध्ये भीमफेदी–६ बस्ने ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षकी सानी आलेको अवस्था गम्भीर छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसका चालक भने फरार छन् । प्रहरीका अनुसार ढुंगाना दुर्घटनामा परेको बसका सञ्चालक समेत हुन् । भ्रमणमा सँगै रहेका कृषि प्राविधिक सुदीप पराजुलीका अनुसार बस दुर्घटनापछि ढुंगाना आत्तालिएका थिए । विमलको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
कांग्रेस संसदीय दलको बैठक आज बस्ने
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ
नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री
राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात
मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा