बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र २४, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २४ चैत, काठमाडौं ।
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालगन्जमा राप्रपाका कार्यकर्ताले बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको भन्दै आपत्ति जनाएका छन् ।
  •   राजावादी आन्दोलनका संयोजक धवलशमशेरको गृहनगरमा भएको यो घटनालाई कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीले सन्देशका रूपमा बुझ्नु पर्ने उनले बताएका छन् ।

 

२४ चैत, काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालगन्जमा राप्रपाका कार्यकर्ताले बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको भन्दै आपत्ति जनाएका छन् ।  राजावादी आन्दोलनका संयोजक धवलशमशेरको गृहनगरमा भएको यो घटनालाई कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीले सन्देशका रूपमा बुझ्नु पर्ने उनले बताएका छन् ।

“राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरूले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ? आन्दोलनका संयोजक धवल शमशेरको गृहनगरीबाट दिएको सन्देश हो, कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई ।”

नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान नसक्ने दाबी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिने बताएका छन् ।  किनकि बीपीको समयमा बीपीभन्दा गिरिजाप्रसाद कोइराला बढी संवैधानिक राजसंस्थाको हिमायती भएको भन्दै उनले गिरिजाप्रसादकै पालामा गणतन्त्र आएको स्मरण गराएका छन् ।  बीपीको सालिकमा कालोमोसो दलिएको विषयमा कांग्रेस नेता मौन रहेका बेला एमाले महासचिव पोखरेलले यस्तो धारणा राखेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीका आरोपमा विराटनगरबाट पक्राउ
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
रावायण फिल्मको विवादमा अभिनेता अनमोल केसी पक्राउ
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै