अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   २१ चैत, काठमाडौं ।
  • नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • जसअनुसार आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट  आएको छ ।

 

२१ चैत, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट  आएको छ । केन्द्रीय बैं‌कका अनुसार  आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ ।  बुधबार एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा रहेको छ । बुधबार युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको थियो । आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही
पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गर्दै
यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द
वडाध्यक्षको मृत्यु ‘रहस्यमय’ : होटलमा बसेका थिए २ युवती र ३ पुरुष
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर
रमेश लेखक वकिल कार्यालयमा, ओली भर्चुअल माध्यमबाट उपस्थित