नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : सांसद गिरी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १९, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १९ चैत, काठमाडौं ।
  • सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् ।
  • आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए ।

 

१९ चैत, काठमाडौं ।

सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए ।

नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ। उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन । संसारभरी एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ति अभिलेख र रायहरु हेरियोस् न । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ
अन्ततः प्रधानमन्त्रीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव