तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २० चैत, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
  • गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

 

२० चैत, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आन्दोलनमा सहभागी नभएका मान्छेलाई गोली हान्ने र हत्या गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। र निर्दोष मान्छेलाई हत्या गरेको अभियोगमा प्रधानमन्त्री, गृहमन्त्री र गोली हान्ने प्रहरीलाई पक्राउ गर्नुपर्छ ।’ उनले सत्ता र शक्तिको आडमा सर्वसाधारणमाथि गोली चलाउन नपाइने पनि स्पष्ट पारेका छन् । उनले थप लेखेका छन्, ‘बाटोमा हिँडेका मान्छेलाई, घरबाट निस्केका मान्छेलाई गोली हान्दै हिँड्न पाइँदैन।

तिमीहरूसँग जनता डराउनुपर्ने हो र ? तिमीहरूले झुटा मुद्दा लगाउँदै मान्छे थुन्नुपर्ने हो र ? तिमीहरूले भ्रष्टाचार गर्ने, देश लुट्ने हो र ? युवाहरूलाई बेरोजगार बनाउने र? अनि आवाज उठायो भने गोली हान्दै हिँड्ने, झुटो मुद्दा लगाएर थुन्ने ? होसियार, एक दिन अवस्था यस्तो हुनेछ कि तिमीहरूलाई लुक्नका लागि पनि ठाउँ भेटिने छैन ?’ गत चैत्र १५ गते (शुक्रबार) तीनकुने क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी
सुनसरीमा सत्र लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न