फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • प्रतिनिधिसभा बैठक आइतबार दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ ।
  • सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो ।

 

१७ चैत, काठमाडौं ।

प्रतिनिधिसभा बैठक आइतबार दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो । यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रतिपक्षी सांसदहरुले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका छन् । आइतबारको बैठकमा भने सदन चल्नु पर्ने माग गर्दै सत्तापक्षका सांसदहरु पनि विरोधमा उत्रिएका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको बैठकमा बोल्नका लागि समय मागेको जानकारी गराए पनि प्रतिपक्षी दलहरुले आजै उपस्थित हुनु पर्ने माग गरेका थिए ।   विवाद समाधान गर्दै सहमतिको पहलमा अहिले सभामुख घिमिरेले दलहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ