२ सय ४० किलो चरेससहित दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष ६, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ६ पुष, पर्सा ।
  • पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

६ पुष, पर्सा ।

पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ ।

मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले बताए । पाठकका अनुसार बरामद चरेसका बारेमा थप अनुसन्धान भइरहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धानलाई अघि बढाइएको छ । चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लागूऔषध सम्बन्धी कसुरअन्तर्गत पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झरी र बाढीमा फसेकाले यी नम्बरमा गर्नुस् सम्पर्क (सूचीसहित)
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः सभापति देउवा
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल