बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
सारांश
- बालेनको चुनौती: “गलत भए मलाई जेल हाल” – कर्मचारीमार्फत तयार गराएको प्रतिवेदन सार्वजनिक काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नै कर्मचारीहरूमार्फत तयार गरिएको राय प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई आफूलाई जेल हाल्न चुनौती दिएका छन्।
- बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिँदै, काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको छानबिन समितिको प्रतिवेदन अस्वीकार गरेका थिए।
- त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरूमार्फत नयाँ प्रतिवेदन तयार गर्न लगाएका थिए, जुन उनले आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल” – कर्मचारीमार्फत तयार गराएको प्रतिवेदन सार्वजनिक
काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नै कर्मचारीहरूमार्फत तयार गरिएको राय प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई आफूलाई जेल हाल्न चुनौती दिएका छन्।
बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिँदै, काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको छानबिन समितिको प्रतिवेदन अस्वीकार गरेका थिए। त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरूमार्फत नयाँ प्रतिवेदन तयार गर्न लगाएका थिए, जुन उनले आज फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।
सार्वजनिक प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शा निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ।



प्रतिक्रिया