काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र ७, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ७ चैत, काठमाडौं ।
  • नियुक्ति पाएको शिक्षक अनुपस्थित भएको बेला खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर मावि, काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • अख्तियारले कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालयको लेखापाल स्मृती रेग्मी र खेताला शिक्षक बनेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

७ चैत, काठमाडौं ।

नियुक्ति पाएको शिक्षक अनुपस्थित भएको बेला खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर मावि, काठमाडौंका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालयको लेखापाल स्मृती रेग्मी र खेताला शिक्षक बनेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोप अनुसार, उनीहरूले १ फागुन, २०८० देखि असार, २०८१ सम्म अम्बिकालाई खेताला शिक्षकको रुपमा नियुक्त गरेका थिए । अख्तियारले करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला काठमाडौं महानगरपालिकालाई जानकारी नगराई खेताला शिक्षक नियुक्त गरेको आरोप लगाएको छ ।

प्रधानाध्यापक सानुकान्छा नेपालले राहत दरबन्दीका करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला खेताला शिक्षक नियुक्त गरेको तर तलबभत्ता भने मूल शिक्षकलाई नै चेकमार्फत भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अख्तियारका अनुसार, सहायक प्रधानाध्यापक शिवहरि घिमिरेले आफ्नो नाता पर्ने अम्बिका घिमिरेलाई खेताला शिक्षक नियुक्त गरेकाले उनलाई पनि मुद्दा चलाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा नेपाली भजन महोत्सव
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छ : अध्यक्ष ओली
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक