आज स्ववियु निर्वाचन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र ५, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • ५ चैत, काठमाडाैं ।
  • त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ ।
  • धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र महेन्द्र बहुमुखी क्याम्पस, दाङ र स्थगित १३ बाहेक ४६ मा निर्वाचन हुन लागेको हो ।

५ चैत, काठमाडाैं ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र महेन्द्र बहुमुखी क्याम्पस, दाङ र स्थगित १३ बाहेक ४६ मा निर्वाचन हुन लागेको हो । उपत्यकाको २२ मध्ये ६ वटा र बाहिर ४० मध्ये ६ वटामा निर्वाचन कार्यक्रम बिथोलिएको छ । उपत्यकाबाहिर मेची बहुमुखी महेन्द्र मोरङ क्याम्पस र डिग्री क्याम्पस विराटनगर, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, कृषि क्याम्पस पक्लिहवा, भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी रारा बहुमुखी क्याम्पस जनकपुर र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा छन् ।

नेविसंघभित्रको आन्तरिक विवाद, शेरबहादुर देउवा र शेखर कोइराला गुटको कारण केही क्याम्पसमा निर्वाचन बिथोलिएको थियो । उपत्यकामा भने सत्ताधारी नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी)ले ताला लगाएका कारण निर्वाचन रोकिएको हो । उपत्यकामा मनोनयन गर्ने दिन त्रिवि केन्द्रीय र पद्मकन्या क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया शुरू हुन सकेको थिएन । पछि आन्तरिक द्वन्द्वका कारण नेविसंघका शेखर पक्षका उम्मेदवारले विभिन्न क्याम्पसमा ताला लगाएका छन् ।

जसले गर्दा त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन । केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । यसैबीच निर्वाचन केन्द्रीय समितिले स्थगित भएका सबै क्याम्पसमा २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । समितिले सूचना जारी गरी तत्काल निर्वाचन कार्यक्रम गर्न निर्देशन दिएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले चैत २० गतेसम्म निर्वाचन नभए स्ववियु रहने वा नरहने भन्ने कानुनी प्रश्न आउने जिकिर गर्दै भन्नुभयो– ‘निर्वाचन नभएका क्याम्पसले २० गतेभित्र निर्वाचन प्रक्रिया थाल्नै पर्नेछ ।’ उहाँका अनुसार प्रक्रिया शुरू भएका क्याम्पसमा ५ गते निर्वाचन हुनेछ । बाँकी १३ वटाले २० गतेभित्र निर्वाचन गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
दार्चुलाको जिप दुर्घटना : घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगियाे
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
कर्मचारी सरुवा तत्काललाई रोक्का
महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट