हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन,  मुगु ।
  • बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन ।
  • सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ ।

 

१८ फागुन,  मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ ।

सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए । कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गरेका कार्की जानकारी दिए । सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ ।

आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको मृत्यु
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
रामेछापको हिलदेवीमा पहिरोले गाउँ नै धसियो, ७८ घर जोखिममा
भावुक स्टाटस लेख्दै क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत