हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ३ फागुन, काठमाडौं ।
  •  इजरायल-हमास युद्धविराम सम्झौता तोडिने आशंकाका बीच इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।
  • यसअघि हमासले पनि तीन जना बन्धकहरूलाई छोडेको थियो।

 

३ फागुन, काठमाडौं ।  इजरायल-हमास युद्धविराम सम्झौता तोडिने आशंकाका बीच इजरायलले केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ। यसअघि हमासले पनि तीन जना बन्धकहरूलाई छोडेको थियो।  शनिबार रिहा गरिएका कैयौं बन्दीहरूलाई रेडक्रसको बसमार्फत रामल्लाह लगिएको छ। रामल्लाहमा ती बन्दीहरूको परिवार र धेरै सर्वसाधारणको उपस्थिति रहेको थियो। यस क्रममा मानिसहरू एक अर्कालाई अँगालो हाल्दै खुसीयाली मनाइरहेका थिए।

केही समयअघि मात्र हमासले अलेक्जेन्डर ट्रौफानोभ, येर हर्न, र सागुई डेकेल-चेनलाई रिहा गरेको थियो। हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो। आफ्ना अपहरणकारीहरूले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए ।

यसअघि हमासले इजरायलमाथि युद्धविराम सम्झौताका सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाउँदै बन्धकहरूको रिहाइ रोकिरहेको बताएको थियो। हमासको यो भनाइपछि इजरायलले यसलाई युद्धविराम सम्झौताका शर्तहरूको पूर्ण उल्लङ्घन भनेको थियो। गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भङ्ग हुन लागेको आशङ्कापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने सङ्केत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो । तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए। यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन

नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रूसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए । इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ । सम्झौता असफल हुने सङ्घारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा  हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
सर्पको टोकाइबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते
जङ्गली हात्तीको आक्रमणबाट युवकको मृत्यु
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट