१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ २९, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २९ माघ, काठमाडौं ।
  • १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन ।
  • आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

 

२९ माघ, काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन । आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिएका थिए । विपक्षी दलहरूले त्यसमा चित्त नबुझेको भन्दै सांसद खतिवडाका अभिव्यक्ति संसद्को रेकर्डबाट मेट्न माग गरेका थिए । त्यसपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुखले अध्ययन गरेर आवश्यक निर्णय लिन सचिवालयलाई आदेश दिएकी थिइन् ।

त्यसपछि सभाको नेतृत्व गर्न सभामुख देवराज घिमिरे आएका थिए । उनी आउँदा पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरिरहेका थिए । सभामुख घिमिरेले पनि अध्ययन गरेर आवश्यक निर्णय लन आदेश दिइसकेकाले बसेर बैठक सञ्चालनमा सघाउन आग्रह गरे । तर, सांसदहरू बसेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका थिए । तर, एक घण्टा बित्दा पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
कांग्रेस सचेतक घिमिरेको प्रश्न- सभापति जेलमा भएको पार्टीले नैतिकताको पाठ सिकाउन मिल्छ ?
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
यस्तो छ तपाइको आजको राशिफल
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने