आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ १८, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १८ माघ, काठमाडौं ।
  • सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् ।
  • ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गर्न लागेका हुन् ।

१८ माघ, काठमाडौं ।

सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गर्न लागेका हुन् ।

काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ । माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् ।

उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् । आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनीसमेत उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेन : गभर्नर पौडेल