जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ ३, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जितका लागि संघर्षरत छन् ।
  • पुलिसले दिएको १०३ रनको मामुली लक्ष्य आर्मीलाई गह्रुँगो बनिरहेको छ ।

 

काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जितका लागि संघर्षरत छन् । पुलिसले दिएको १०३ रनको मामुली लक्ष्य आर्मीलाई गह्रुँगो बनिरहेको छ । पहिलो इनिङमा ३७ रनले पछि परेको पुलिसले दोस्रो इनिङमा १३९ रन जोडेको थियो ।पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाएका थिए । १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले लन्चसम्म २७ रन बनाउँदा तीन महत्त्वपूर्ण विकेट गुमाएको छ ।

आर्मीका त्रितराज दास २ रन, सन्तोष कार्की शून्य र भीम सार्की ५ रन बनाएर आउट भएका छन् । अहिले इमरान सेख र बसिर अहमद क्रिजमा छन् । पुलिसका ललित राजवंशीले २ र सागर ढकालले एक विकेट लिए । ७ विकेट हातमा रहेको अवस्थामा आर्मी ७६ रनले पछाडि छ । ललित, सागर र कुशल भुर्तेलको स्पिन झेल्दै लक्ष्यसम्म पुग्न आर्मीका ब्याटरहरुलाई सहज हुने छैन । कप्तान विनोद भण्डारीसँगै सोमपाल कामी, विवेक यादवजस्ता ब्याटरहरु आर्मीसँग बाँकी छन् । अहिलेसम्म १० ओभरको खेल मात्रै सकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
रौतहटमा चट्याङ लागेर एक जनाको मृ*त्यु
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
सङ्घीयता विरोधीले सङ्घीयताविरुद्ध दुष्प्रचार गर्दैछन् : मुख्यमन्त्री सिंह