बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष १९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १९ पुस,  रुपन्देहीको भैरहवामा सरकारीस्तरबाट निर्माण गरिरहेको सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको करिब डेढ दशक बितिसक्दा समेत अधुरै रहेको छ ।
  • बहुवर्षीय ठेक्क नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र बनेको हो ।
  • डेढ दशकमा करिब १६ प्रतिशत मात्रै काम भएको छ ।

 

१९ पुस,  रुपन्देहीको भैरहवामा सरकारीस्तरबाट निर्माण गरिरहेको सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको करिब डेढ दशक बितिसक्दा समेत अधुरै रहेको छ । बहुवर्षीय ठेक्क नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना वर्षौंदेखि अलपत्र बनेको हो ।

डेढ दशकमा करिब १६ प्रतिशत मात्रै काम भएको छ । न्यून बजेट आउँदा डीपीआर अनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान यति नै समयमा बन्छ भन्ने यकिन छैन । क्रिकेट मैदान बनाउन अहिलेसम्म करिब १२ करोड रुपियाँ खर्च भइसकेको छ । ०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतीकोे काम भने कछुवा गतिमा छ । मैदानमा सात हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको छ ।डीपीआर अनुसार त्यो बेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपियाँ लाग्ने जनाइएको थियो ।

तर पछिल्ला वर्षहरुमा बजेट नै विनियोजन हुन छाडेको छ । जसले गर्दा पूरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोडभन्दा बढी लागत लाग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउनुभयो । अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष मैदान अन्तर्राष्ट्रिय स्तर रङ्गशाला निर्माण नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । यहाँ अहिलेसम्म तीन करोड लागतमा हल, खेलाडी बक्स र शौचालयसहितको तीन तल्ले भीआइपी प्याराफिट निर्माण गरिएको छ । यहाँ सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एक तल्लाको प्याभेलियन भवन निर्माण गरिएको थियो ।

त्यसपछि मैदान सम्माउन तीन वर्ष लगाइयो । यहाँ अहिलेसम्म प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, एक करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर सरकारले बहुवर्षीया योजनामा राखेर रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भने पनि बजेट छुट्याउनै छाडेको छ । समय समयमा ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाअधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन दिन्छन् । तर बजेट नछुट्याउँदा रङ्गशाला निर्माण कछुवा गतिमा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल
त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल