यु१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल रद्द

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष ४, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ४ पुस,काठमाडौं : एसीसी यु१९ महिला एसिया कपको सुपर फोरमा नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ।
  • नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ओभर बलिङ गरेपछि वर्षा भएसँगै खेल रद्द भएको हो।
  • योसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन्।

 

४ पुस,काठमाडौं : एसीसी यु१९ महिला एसिया कपको सुपर फोरमा नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिलो ओभर बलिङ गरेपछि वर्षा भएसँगै खेल रद्द भएको हो। योसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन्।

अब भारत तीन खेलमध्ये दुईमा जित निकालेर पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा बंगलादेश समान खेलमा चार अंकसहित दोस्रो स्थानमा छ। तीन खेलमै समान चार अंक रहेको नेपाल नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहँदा श्रीलंका तीन अंकसहित तालिकाको पुच्छारमा छ। नेपालले अब भोलि बंगलादेशसँग आफ्नो अन्तिम खेल खेल्नेछ। उक्त खेलमा बंगलादेशलाई पराजित गरे नेपालले फाइनल खेल्नेछ। आफ्नो समूह चरणको खेलमा नेपालले पाकिस्तानलाई छ विकेटले पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण रद्द भएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना पक्राउ
चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि