दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
सारांश
- १२ मंसिर, काठमाडौँ- साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगिएको छ।
- उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ।
- सोहीकारण उनलाई सर्वोच्च लगिएको हो।
१२ मंसिर, काठमाडौँ- साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगिएको छ। उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ।

सोहीकारण उनलाई सर्वोच्च लगिएको हो। यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो। प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया