जनकपुर पुगेर देउवाले भने- मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १० मंसिर , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् ।
  •   सोमबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलबीच सहमति भएपछि मधेशमा सरकार फेरिने बताएका हुन् ।
  • सभापति देउवाले सरकार परिवर्तन हुँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताए ।

 

१० मंसिर , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् ।  सोमबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलबीच सहमति भएपछि मधेशमा सरकार फेरिने बताएका हुन् ।

सभापति देउवाले सरकार परिवर्तन हुँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताए ।  कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन जनकपुर आएका देउवाले कांग्रेस–एमालेबीचको गठबन्धन नटुट्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै देउवाले बीआरआईको रकम अनुदानमा लिनुपर्ने बताए ।

‘बीआरआईको रकम ऋणमा नभई अनुदान लिनुपर्छ । हाम्रो स्पष्ट धारणा यही हो,’ उनले भने ।लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोगेका स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न देउवा जनकपुर आएका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
आज संविधान दिवस
रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध
बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह