बलात्कार आरोपित प्रहरी जवान थुनामा

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ८, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ८ मंसिर,  धादिङ।
  • १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् ।
  • चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ।

 

८ मंसिर,  धादिङ।१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरी जवान थुनामा पुगेका छन् ।

चितवन जिल्ला माडी नगरपालिका–३ का २८ वर्षीय हरी नारायण महतोलाई जिल्ला अदालत धादिङको शुक्रबारको आदेशले पुर्पक्षका  लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश  मनकुमारी विक जिएमको इजलासले बालिका बलात्कार गरेको आरोपमा हिरासतमा राखिएका महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

आरोपित महतोले बालिकालाई नीलकण्ठ नगरपालिका –३ मा ०८१ असोज ५ गते बलात्कार गरेको भन्दै कात्तिक  १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि सोही दिन हिरासतमा लिइएको थियो । पीडितको कात्तिक १५ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?