तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १६ चैत काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।
  • महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेनको सचिवालयले जनाएको छ ।

 

१६ चैत काठमाडौं ।

काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ । महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेनको सचिवालयले जनाएको छ ।

‘अन्य राजनीतिक दल वा समूहले गरेको जस्तो फोहोरको मात्रै जरिबाना गरेर हुँदैन, हिजो तोडफोड भएको छ । हाम्रै दमकल फुटाइएको छ,’ नगर प्रहरी बलका एक अधिकारीले भने, ‘ट्राफिक लाइट भत्काउने काम भएको छ । शहर कुरुप भएको छ । सोही अनुसार अध्ययन गरेर जरिवाना आजै गर्दैछौं ।’ उनका अनुसार करिब १० लाख भन्दा धेरै जरिवाना गराउने तयारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?