काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   ७ मंसिर, काठमाडौं ।
  • काठमाडौंका तीन ठाउँमा आज (शुक्रबार) विभिन्न समूहले प्रदर्शन गर्दैछन् ।
  • नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ ।

 

७ मंसिर, काठमाडौं । काठमाडौंका तीन ठाउँमा आज (शुक्रबार) विभिन्न समूहले प्रदर्शन गर्दैछन् । नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट  र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । यस्तै माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन चलिरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दैछ ।  पाँच हजार बढी प्रहरी र ५०० ट्राफिक प्रहरी खटिंदै ,एकै दिन तीन ठाउँमा फरक–फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए । ‘नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षित होस् भन्ने विषयमा सुरक्षा हामी प्रतिबद्ध छौं ।  त्यसका लागि थप ५-६ हजार प्रहरी र पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौं,’ उनले भने ।

त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने छन् । त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए। ‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्छ। कहीँ कतै अप्रिय घटना नहोस् भन्नका लागि हामी संवेदनशील छौं र पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रजिअ आचार्यले बताए । सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?