चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २ मंसिर, काठमाडौँ ।
  • चौधरी ग्रुपले आर्थिक वर्ष २०८०–०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ ।
  • यो सरकारको कुल राजस्वमा करिब दुई प्रतिशत (१.

 

२ मंसिर, काठमाडौँ । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०–०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो ।चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको बताइएको छ ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९–०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्‍यााएको योगदान २ अर्ब ३८ करोडले बढी छ । आर्थिक वर्ष २०७९–०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणका बीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ, ।’

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६–७७ मा ९ अर्ब ८७ करोड, २०७७–७८ मा १४ अर्ब २८ करोड, २०७८–७९ मा १७ अर्ब ७२ करोड, २०७९–८० मा १६ अर्ब १४ करोड, २०८०–८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए । ‘हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी वर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘चौधरी गु्रपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ ।

हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’ नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ । करदाताको रुपमा व्यवसायमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हँुदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्ने डा.उमेश साह पक्राउ
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते