पूर्वमन्त्री अधिकारीलाई जिल्ला अदालत काठमाडौं लगियो

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २५, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   २५ कार्तिक, काठमाडौँ।
  • कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा पक्राउ गरेर काठमाडौँ जिल्ला अदालत लगिएको छ।
  • उनलाई जापान जाँदा असम्बन्धित व्यक्तिलाई साथमा लिएर मानव तस्करीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।

 

२५ कार्तिक, काठमाडौँ। कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा पक्राउ गरेर काठमाडौँ जिल्ला अदालत लगिएको छ। उनलाई जापान जाँदा असम्बन्धित व्यक्तिलाई साथमा लिएर मानव तस्करीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।

अधिकारीलाई आइतबार बिराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। त्यसपछि उनलाई काठमाडौँ प्रहरी परिसर, सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौँ लगिएको छ। कात्तिक १३ गते अधिकारी जापान जाँदा अध्यागमनले उनलाई फर्काएर नेपाल पठाएको थियो।

यस घटनामा संलग्न अन्य ६ जना व्यक्तिहरूलाई पनि यसअघि नै पक्राउ गरिसकिएको छ। घटना सार्वजनिक भएलगत्तै अधिकारीले आफ्नो मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा टिपरको ठक्करबाट एक वृद्धको मृ*त्यु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
बंगलादेशकी पूर्वप्रधानमन्त्री प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी
धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत