टाउको बिनाको शव फेला

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ असोज, बाँके ।
  • जिल्लाको कोहलपुरमा टाउको बिनाको एउटा शव फेला परेको छ ।
  • उक्त शव कोहलपुर नगरपालिका वडा नं.

 

२७ असोज, बाँके । जिल्लाको कोहलपुरमा टाउको बिनाको एउटा शव फेला परेको छ । उक्त शव कोहलपुर नगरपालिका वडा नं. ८ का स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको रहेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार प्रारम्भिक अनुसन्धानमा कामीको आइतबार (आज) बिहान मात्रै हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको उक्त शव फेला परेको बताए ।

कामीले कोहलपुरमा सामान्य मजदुरी गरी जीवन धान्दै आएका थिए । घटनास्थलदेखि करिब दुईसय मिटर टाढाको सिसिटिभी क्यामेराममा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृश्य फेला परेको छ । यसबाट थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । शव आवश्यक प्रक्रियाका लागि भेरी अस्पताल, नेपालगञ्जमा पुर्‍याइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?
जेनजी आन्दोलनमा कारागारबाट भागेका ६० किलो सुन तस्करी अभियुक्त पक्राउ
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता