अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ४ असोज, चितवन- स्वास्थ्य तथा जनस ङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन्।
  • शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ।
  • ’ मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए।

 

४ असोज, चितवन- स्वास्थ्य तथा जनस ङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन्। शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उहाँहरु उपलब्ध हुनुपर्छ।’ मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए। स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ।स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता उनले जनाए। मन्त्री पौडेलले भने, ‘स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन्।’मन्त्री पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्‌बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिए। उनले भने, ‘हाम्रो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकार गर्छ र प्रस्ताव स्वीकार भए लगत्तै पाँच लाखको बीमा कार्यान्वयन हुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
७२२ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
यस्तो छ तपाइको आजको राशिफल
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन