बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २१ भदौ, बागलुङ ।
  • बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
  • बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

२१ भदौ, बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा गएराति बग्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेला परेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । बेपत्ता कमलको खोजी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
शेखरले बोलाए आफू निकटका सांसदहरूको बैठक
मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम
एमाले चुनाव : ५६० मत खस्यो
बसबरियाका वडाध्यक्ष महतोको निधन