१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण ३०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ३० साउन, काठमाण्डाै – नेपाल प्रहरीले एक किलो चार सय ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
  • प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
  • ब्युरोको टोलीले काठमाण्डाै महानगरपालिका–१० नयाँ बानेश्वमा रहेकाे एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ ।

 

३० साउन, काठमाण्डाै – नेपाल प्रहरीले एक किलो चार सय ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोको टोलीले काठमाण्डाै महानगरपालिका–१० नयाँ बानेश्वमा रहेकाे एक होटलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोकिन बरामद गरेको छ ।

जुमाले त्याे कोकिन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । बरामद कोकिनको अवैध बजार मूल्य झन्डै तीन करोड ८७ लाख रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाण्डाैबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
१५७ कम्पनीको शेयर मूल्यमा गिरावट, ११.२४ अंकले घट्यो नेप्से,
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु