ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी जवानको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण २७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ साउन, ।
  • ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।
  • सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो।

२७ साउन, । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ। सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको हो। उनी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन्।शनिबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले बा. प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकल विकले चलाएका थिए। दुर्घटनामा अर्का एक जना पनि घाइते छन्। उनको उपचार जारी छ। गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ