Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, ०९ : १६ : ४९ | Jun 4, 2026

एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १५, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • १५ चैत, चितवन ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन र उनीहरूको तत्काल रिहाइको माग गरेको छ ।
  • आइतबार चितवनस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ ।

१५ चैत, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै उच्चस्तरीय छानबिन आयोग गठन र उनीहरूको तत्काल रिहाइको माग गरेको छ । आइतबार चितवनस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग दोहोर्याइएको छ ।

पार्टीका अनुसार प्रारम्भमा शान्तिपूर्ण रूपमा सुरु भएको ‘जेनजी पुस्ता’को आन्दोलन पछि आपराधिक समूहले कब्जामा लिँदा विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो । एमाले चितवनले ती घटनाको छानबिनका लागि तत्कालीन समयमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगलाई पूर्वाग्रही भन्दै खारेज गर्नुपर्ने बताएको छ । उक्त आयोगले प्रमाणविनै पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुखमाथि कारबाही सिफारिस गरेको आरोप पार्टीको छ ।

ज्ञापनपत्रमा एउटै घटनामा राजनीतिक नेतृत्वलाई कारबाहीको सिफारिस गर्ने तर सुरक्षा निकायको भूमिकाबारे मौन रहने कार्य ‘विधिको शासन विपरित’ भएको उल्लेख गरिएको छ । साथै, नयाँ प्रधानमन्त्रीले शपथ लिएको राति नै योजनाबद्ध रूपमा पक्राउ प्रक्रिया अघि बढाइएको भन्दै त्यसको आलोचना गरिएको छ । एमाले चितवनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न र पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...