बाढी पीडितलाई राहत वितरण

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १३ कार्तिक, सर्लाही ।
  • चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।
  • सामाजिक अभियन्ता सरोज रायको पहलमा र एनसेल फाउन्डेशन तथा भोलन्टियर कोर्पस नेपाल (VCN) को सहकार्यमा बाढीबाट प्रभावित ५० परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।

 

१३ कार्तिक, सर्लाही । चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक अभियन्ता सरोज रायको पहलमा र एनसेल फाउन्डेशन तथा भोलन्टियर कोर्पस नेपाल (VCN) को सहकार्यमा बाढीबाट प्रभावित ५० परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।

उक्त कार्यक्रममा सरोज राय, एनसेल प्रतिनिधि राजेश चौधरी, VCN प्रतिनिधि सौगात कार्की, वार्ड अध्यक्ष फयाज अहमद, स्वंमसेवक माइक (पाइलट, अमेरिकन नागरिक), संजीव यादव, ई. धर्मेन्द्र यादव, दिलीप यादव, सुभाष यादव, र अनुज यादवको उपस्थिति थियो। स्थानीय समाजका व्यक्तिहरू र स्थानीय प्रहरीको समेत उल्लेखनीय उपस्थिति रहेको यो कार्यक्रममा राहत सामग्री वितरण गरिएको थियो।

राहतका रूपमा प्रत्येक पीडित परिवारलाई कम्बल, बाल्टिन, चामल, तेल, जिरा, दाल, दालबुट, चिनी, चायपत्ती, नुन, चना, सोयाविन र च्युरा लगायतका दैनिक आवश्यक सामग्री प्रदान गरियो। साथै, सरसफाइलाई ध्यानमा राख्दै हाइजिन किट ब्यागसमेत वितरण गरिएको थियो, जसमा टॉवल, नुहाउने साबुन, लुगा धुने साबुन, भाँडा धुने साबुन, टुथपेस्ट, ब्रश, नेलकटर, काइयो, र सेनिटरी प्याड समावेश गरिएका थिए।

राहत सामग्री वितरणमा वार्ड अध्यक्ष फयाज अहमद तथा स्थानीय समाजको समन्वयमा पीडित परिवारहरूको छनौट गरिएको थियो। उपस्थित सबैको सहकार्य र योगदानमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
डलरकाे मूल्य स्थिर हुँदा बढ्याे युराेकाे मूल्य, अन्यकाे के-कति ?
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश