क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक १८, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १८ कार्तिक, काठमाडौं ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
  • टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् ।

१८ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । संघका सचिव पारस खड्का अनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । प्रति टिकटको मूल्य ३५० रुपैयाँ तोकिएको छ । क्रिकेट संघले शनिबार सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा (५० प्रतिशत) भूकम्प पीडितलाई दिने जनाएको छ । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षति भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ
गोरखामा एक महिलाको हत्या
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो