परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १७, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • १७ चैत, सर्लाही ।
  • न्याय, जिम्मेवारी र परिवर्तनको पक्षमा जनचेतना फैलाउने उद्देश्यसहित सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’ सम्पन्न गरिएको छ ।
  • कार्यक्रममा सहभागीहरूले उज्यालोको प्रतीक दीप प्रज्वलन गर्दै सकारात्मक परिवर्तनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका थिए ।

१७ चैत, सर्लाही ।
न्याय, जिम्मेवारी र परिवर्तनको पक्षमा जनचेतना फैलाउने उद्देश्यसहित सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’ सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागीहरूले उज्यालोको प्रतीक दीप प्रज्वलन गर्दै सकारात्मक परिवर्तनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा गृहमन्त्री सुदन गुरुङप्रति धन्यवाद व्यक्त गरिएको थियो । साथै, न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै जिम्मेवार र उत्तरदायी शासनको मागसमेत गरिएको सहभागीहरूले बताएका छन् । युवा नेता नितेश राउतको नेतृत्व तथा जेनरेशन जेड (Gen-Z) युवाहरूको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा युवाहरूले आफ्नो आवाज बुलन्द गर्दै परिवर्तनका लागि अग्रसर हुने सन्देश दिएका थिए । “हामी मौन बस्न आएका होइनौं, राम्रो प्रणालीको माग गर्न आएका हौं, हामी नै परिवर्तन हौं,” भन्ने नारासहित कार्यक्रम अघि बढाइएको थियो ।

कार्यक्रममा अध्यक्षता रोशन यादव लगायत सम्पूर्ण Gen-Z युवाहरूले गरेका थिए । सहभागीहरूले एकजुट भएर अन्धकार हटाई उज्यालो भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रमले समाजमा सकारात्मक सोच, जिम्मेवारी र सक्रिय नागरिक सहभागिताको आवश्यकता पुनः स्मरण गराएको आयोजकहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा जुटेन दलहरूबिच सहमति
भोजपुरको आठ सय घरमा खानेपानीको पहुँच
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
राजतन्त्र इतिहास भइसक्यो, हाम्रो आन्दोलन जनताका लागि हो : अग्निप्रसाद सापकोटा
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
बजेट विवादमा दिएको राजीनामा दुई वर्षपछि स्वीकृत, एमाले निर्वाचित वडा अध्यक्ष शाह पदमुक्त
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल