रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •   २७ फागुन,काठमाडौं ।
  • सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ ।
  • न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।

 

२७ फागुन,काठमाडौं ।

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।

सुनुवाइ सुरु भएको दुई/तीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ । महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन् ।

त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहित तीन जना र युवराज पौडेलले निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला
गाजाको कठिन जीवन : आक्रमण र खाद्यान्न अभावले रित्तिँदै उत्तरी गाजा