जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २२ फागुन,मुगु ।
  • जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।
  • कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।

 

२२ फागुन,मुगु ।

जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् । एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन् ।


यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २८१ मत, विनिता कठायतले ३६ मत प्राप्त गरेकी छन् । साथै १५५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । हालसम्मको गणनामा हलो र ताराबिच एक हजार ४५८ मतको अन्तर देखिएको छ ।

प्रारम्भिक नतिजाले हलो चुनाव चिह्नलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी पालिकाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ । मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलमा कर्णाली याक्सको पहिलो जित
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल
स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने