Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, ०९ : १८ : ५९ | Jun 4, 2026

किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १५ फागुन,चितवन ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् ।
  • N चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए ।

१५ फागुन,चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् ।N चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए । शाहले नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्डस्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सहुलियतमा सामान किन्न सक्ने उनको भनाइ थियो ।  उनले भने, ‘एउटा समस्या रहेछ चितवनमा ।

जहाँ किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको देखिन्छ । त्यसमा किसानले बजार नपाउँदा र सहि मूल्य नपाउँदा यस्तो अवस्थाको सामना गरिरहनु भएको छ । केही सिमित विचौलिया, सिमित नेताहरुको सिण्डिकेटले गर्दा यस्तो भइरहेको हो । यस्तो भ्रम रोक्न जरुरी छ । नेपालमै उत्पादन भएको सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन समयका तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने महंगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ । किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा किन्न सक्छ, त्यो गर्न चाहन्छौं हामी ।’ उनले देशभरका समस्याहरू धेरै हदसम्म उस्तै प्रकृतिका रहेको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्नुपर्ने बताए । ‘एउटा जिल्लाको समस्या अर्को जिल्लामा समाधान हुन सक्छ, त्यसलाई बुझेर समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने । शाहले मुलुकको औद्योगिक अवस्था उल्लेख गर्दै देश अहिले मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि सञ्चालनमा नआएको कारखाना जस्तो भएको टिप्पणी गरे । उद्योग–कलकारखाना पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । रास्वपा देशभर उद्योग सञ्चालन र उत्पादन विस्तार गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्न चाहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
मानव अधिकार आयोगले बनायो तिनकुने घट्नाको छानबिन गर्न समिति
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
१ किलाे ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ
आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना। 
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...